सोमालियामा मारिएका विद्रोही नेपालबाट गएकोबारे नेपाल प्रहरी अनविज्ञ



काठमाडौं : अफ्रिकी देश सोमालियामा मारिएका विद्रोही समूह अल–शबाबका एक कमाण्डर नेपालबाट गएको दाबीबारे नेपाल प्रहरीले ती व्यक्तिबारे अनविज्ञ रहेको जनाएको छ ।

त्यहाँको रेडियोलाई उद्धृत गर्दै समाभार संस्था रोयटर्सले अशरफ अज्मी हाम्दान नाम गरेका लह–शबाबक ती कमाण्डर नेपालबाट सोमालिया गएको उल्लेख छ ।

तर, नेपाल प्रहरीको प्रति आतङ्कवाद हेर्ने विशेष ब्युरोका एक अधिकारीले अशरफ अज्मी अबु हाम्दान नाम गरेका व्यक्ति ब्युरोको नजरमा नरहेको बताए ।

समाचारमा ती व्यक्ति नेपालबाट गएको समाचारमा सुनेपछि त्यस नामबारे सोधीखोजि गर्दा कहि कतै नभेटिएको विषेश ब्यूरोका एक उच्च अधिकारीले जनाकारी दिए ।

सोमालियाको स्थानीय रेडियोलाई उद्धृत गर्दै बेलायती समाचार संस्था रोयटर्सले लेखेको समाचारमा हाम्दान इस्लामिक समूह अल–शबाबका शीर्ष प्रशिक्षक रहेको र सैन्य अपरेशनको क्रममा उनी मारिएको उल्लेख गरेको छ । तर, समाचारमा ती व्यक्ति नेपालबाट गएकोबाहेक अन्य कुनै विवरण लेखिएको छैन ।

सोमालियाको दक्षिणी तर्फको जुबा क्षेत्रको मध्य भागमा भएको सैन्य कारवाहीको क्रममा उनको मृत्यु भएको त्यहाँको सरकारी रेडियोले जनाएको छ ।

इस्लामिक सरिया कानूनसहितको आफ्नो शासन स्थापित गर्न भन्दै अल–शबाब सन् २००८ देखि सोमालियामा सशस्त्र गतिविधिमा संलग्न छ ।

प्रतिक्रिया दिनुहोस्