भाइबरले पनि तोड्यो फेसबुकसँगको सबै सम्बन्ध



काठमाडौं : म्यासेजिङ एप भाइबरले फेसबुकसँगको सबै सम्बन्ध तोड्ने घोषणा गरेको छ ।

भाइबरले विज्ञप्ति जारी गर्दै फेसबुकसँगको सबै खाले सहकार्य तोड्ने र विज्ञापन नगर्ने घोषणा गरेको हो ।

त्यसोत फेसबुकले डेटा उल्लंघन र घृणात्मक अभिव्यक्तिविरुद्ध काम गर्न नसकेको आरोपमा संसारका धेरै ब्राण्डले फेसबुकसँग सम्बन्ध तोड्ने र विज्ञापन नदिने घोषणा गरिरहेका छन् ।

सोही घोषणाको आधारमा भाइबरले फेसबुकसँग सम्बन्ध तोड्ने घोषणा गरेको हो । भाइबरले ‘स्टप हेट फर प्रफिट’ नामक अभियानलाई समर्थन गर्दै फेसबुकसँगको व्यावसायिकसम्बन्ध तोडेको विज्ञप्तिमा जनाइएको छ ।

रंगभेदविरुद्ध अमेरिकामा भइरहेको आन्दोलनको क्रममा ‘एन्टी डिफेमेसन लिग’सहितका केही संगठनहरुले जुलाई भरी फेसबुकसँग सम्बन्ध तोड्न र विज्ञापन नगर्न आह्वान गरेको थियो ।
यही आह्वानमा समर्थनमा संसारका धेरै ब्राण्डले फेसबुकलाई दिँदै आएको विज्ञापन बन्द गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्