आगलागीमा परी तीन वर्षीया बालिकाको मृत्यु


भोजपुर : भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीमा आगलागी हुँदा बालिकाको मृत्यु भएको छ। स्थानीय कर्णबहादुर कार्कीको घरमा आगलागी हुँदा उनकी तीन वर्षीया नातिनी विष्णुमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

आइतवार भएको आगलागीमा परी गम्भीर घाइते भएकी बालिकालाई प्राथमिक स्वास्थ्यचौकी प्याउलीमा उपचारपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो। बाटोमा लैजाँदै गर्दा बालिकाको स्वास्थ्य अवस्था झन गम्भीर भएपछि तत्काल जिल्ला अस्पताल धनकुटामा उपचारका लागि लगिएकोमा राति मृत्यु भएको प्रहरीको भनाइ छ।

विद्युत् चुहावट भई कार्कीको घरमा आगलागी हुँदा घरभित्र रहेका खाद्यान्न, नगद तथा लत्ताकपडालगायत सम्पूर्ण सामान जलेर करिब १७ लाख रुपैयाँ बराबरको क्षति भएको हो। आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको थियो। रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

फोटो : फाइल संखुवासभा : संखुवासभाका सिलिचोङ गाउँपालिकामा शनिबार राति पहिरो जाँदा ११ जना वेपत्ता

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका जेठी नातिनी तथा पूर्वयुवराज पारस र युवराज्ञी हिमानीकी छोरी पूर्णिका

जाजरकोट : जाजरकोटको बारेकोट गाँउपालिका ४ सार्की टोलमा गएको पहिरोमा पुरिएकामध्ये ९ जनाको मृत्यु भएको

काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृतकको संख्या

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ७० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य

कैलालीः अविरल वर्षाका कारण हुन सक्ने क्षतिबाट जोगिन कैलाली जिल्लामा उच्च सतर्कता अपनाइएको छ ।

काठमाडौं : काठमाडौं उपत्यकामा साझा बस सञ्चालन गर्ने तयारी शुरु भएको छ । साझा यातायातका

पोखरा : शनिबार गण्डकी प्रदेशमा १४ जना कोरोना संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान

जनकपुरधाम : पत्रकारिताको आचार संहिता विपरित समाचार सम्प्रेषण गरेको भन्दै हुलाकी न्यूज डटकमविरुद्ध प्रेस काउन्सिलमा

काठमाडौं : शुक्रबार सातै प्रदेशका धेरैजसो स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम

काठमाडौं : बुधबार रातिदेखिको लगातारको झरीका कारण कालीगण्डकी नदिको बहाव बढेपछि विश्वकै ठूलो शालीग्राम शिला

काठमाडौं : नेपालमा बाढीपहिरोले र्‍याएको धनजनको क्षतिप्रति पाकिस्तानले दुःख व्यक्ति गरेको छ । पाकिस्तानका विदेशमन्त्री