सशस्त्र प्रहरी निरीक्षकको नतिजा प्रकाशित (नामसहित)



काठमाडौंः लोकसेवा आयोगले लिएको सशस्त्र प्रहरी बलको साधारण समूहतर्फ सशस्त्र प्रहरी निरीक्षक पदको नतिजा प्रकाशित भएको छ ।

३७८ जना संलग्न रहेको लिखित परीक्षामा ६५ जनाले मात्र नाम निकालेका छन् । गत फागुन २७, २८, २९ र ३०, चैतको १ गते भएको लिखिति परीक्षाको नतिजा प्रकाशित भएको हो ।

लिखितमा पास भएका उम्मेद्वारहरुले साउन ११ गते १० बजे सम्पर्क गर्न सशस्त्र प्रहरीको मानव स्रोत विभाग तथा तालिम निर्देशनालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्