खोकनावासीलाई धान रोप्न रोक !


काठमाडौं : ललितपुरको खोकनामा स्थानीवासी र प्रहरीबीच सामान्य झडप भएको छ । सोमबार बिहान खेतमा धान रोपाइँ गर्न गएका स्थानीवासीले खनजोत गर्दा प्रहरीले रोकेपछि दुई पक्षबीच झडप भएको हो ।

आज सोमबार अर्थात असार १५, अन्य जिल्लामा जस्तै ललितपुरको खोकनामा पनि स्थानीयवासी सुडोल फाँट खेत जोत्ने, आली लगाउने, पानी लगाउने लगायतका काम शुरु गर्नै लाग्दा प्रहरीको टोली त्यहाँ पुगेर रोकेको थियो । साथै प्रहरी र खोकनावासीबीच हाते ट्याक्टर खोसाखोस समेत भयो ।

सुडोल फाँट काठमाडौं–निजगढ जोड्ने फास्ट ट्र्याकमा पर्दछ । सुडोल फाँटलाई हाल फास्ट ट्र्याकको ‘जिरो किलोमिटर’ भनिन्छ । सो क्षेत्रको जग्गा सरकारले अधिग्रहण गरेको छ । त्यसैले खेतीपाती गर्न प्रहरीले रोक लगाएको हो । तर, आफूहरुलाई विस्थापित गरेर फास्ट ट्र्याक बनाउन लागिएको भन्दै खोकनावासी सुरुदेखि नै विरोध गर्दै आएका छन् ।

स्थानीय कृष्ण डंगोलका अनुसार यसका लागि सरकारबाट मुआब्जा लिएका छैनौं । तर, अधिग्रहण गरिएको जग्गा भएकाले खेतीपाती नगर्न भनेर प्रहरीले भनिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा २ सय ५९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा काम गर्ने १५ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ : सङघीय राजधानी काठमाडौँमा कोरोना सङ्क्रमणको सङ्ख्या बढदै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शङ्कास्पद

विराटनगर : मोरङको रङ्गेली नगरपालिकाका एकै परिवारका १४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

काठमाडौं : श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट मनाइने गाईजात्रा पर्व आज (मंगलबार) देखि आठ

विराटनगर : कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–५

काठमाडौं : लकडाउन खुकुलो भएसँगै कोरोनाको संक्रमण बढेको छ । साउन १९ गतेसम्मको तथ्यांक अनुसार

विराटनगरः बिराटनगरमा अप्पन ब्राह्मण समाजको प्रथम साधारण सभा सकिएको छ । शनिबार सगरमाथा पार्टी प्यालेस

काठमाडौ‌‌ : आज (सोमबार) थप ४ सय १८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ

काठमाडौंः ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले बेरुजु फस्र्यौटमा उल्लेख्य सुधार गरेको छ । आर्थिक वर्ष

काठमाडौँ : संघीय संसद सचिवालयले राष्ट्रियसभाका संसदीय समितिहरूको सभापति चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको

काठमाडौं : ‘एसिड आक्रमणबाट म रतिभर पनि डराएकी छैन, आक्रमणकारीले मेरो अनुहार जलाए तर मेरो