त्रिदेशीय विन्दु थाहा भएन : सरकार



काठमाडौं : सरकारले छिमेकी मुलुक चीनसँग कुनै पनि स्थानमा सीमा विवाद नरहेको पुनः स्पष्ट पारेको छ ।

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै चीनसँगको सीमा सुल्झ्याएर ९८ वटा सीमा स्तम्भम कायम गरिएको र ३७, ३८ नम्बरको सीमा स्तम्भ भौगोलिक विकटाका कारण बजाउन नसकिएको बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल, भारत र चीनको त्रिदेशीय विन्दु पहिचान हुन बाँकी रहेको समेत बताए ।

‘चीनतर्फको १ नम्बर सीमा स्तभ तिन्कर भञ्ज्याङबाट पूर्वमा छ । शून्य नम्बरको सीमा वा त्रिदेशीय विन्दु टुंगो लाग्ने बित्तिकै हुन्छ ।’ उनले भने–‘भारतसँगको विवादको कारण त्रिदेशीय विन्दु पहिचान हुन सकेको छैन ।’

यस्तै सगरमाथाको उचाई पनि छिट्टै टुङ्गो लाग्ने र चीनले सीमा मिच्यो भनेर फर्जी प्रतिवेदन कसले बनायो भन्नेबारे पनि सरकारले अनुसन्धान गरिएको उनले बताए ।

यसैगरी उनले गोरखाको रुई गाउँ चीनले अतिक्रमण गरेको खबरको समेत खण्डन गरेका छन् ।

उनका अनुसार दुई देशबीच औपचारिक सीमा निर्धारण हुनुअघि नै रुई र साना गाउँ लेकबेंसी जस्तो थियो । दुई देशले सीमा निर्धारण गरेपछि ११० घर कुरियालाई कता बस्ने भनेर रोज्न दिएको भन्दै उनले भने, ६० घर कुरियाले रुई र ४० घर कुरियाले यता बस्ने भनेर रोजे । त्यहाँ जबरजस्ती भएको होइन ।’

प्रकाशित : असार १५, २०७७

प्रतिक्रिया दिनुहोस्