यसरी मनाइँयो १७ औँ धान दिवस (फोटोफिचर)



काठमाडौं : कोरोना महामारी र लकडाउनकै बीचमा सोमबार देशभर रोपाइँ महोत्सव गरि आज १७ औँ धान दिवस मनाइएको छ । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस आज रोपाइँ गरि र दही च्यूरा खाएर मनाइँदैछ ।

यो वर्ष भने कोरोनाको महामारीका कारण धेरै ठाउँमा औपचारिक कार्यक्रम भएनन् । तर, पनि किसानलाई हौसला प्रदान गर्नका लागि ललितपुरको खुमलटारमा महोत्सव गरिएको कृषि अनुसन्धान परिषदले जनाएको छ ।

वि.सं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

फोटो : सामाजिक सञ्जालबाट

प्रकाशन : असार १५, २०७७

प्रतिक्रिया दिनुहोस्