कांग्रेसको ट्वीट ओलीलाई…



काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले पारित भएको नयाँ नक्सा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको व्यक्तिगत अटोग्राफ नभएको भनेर ओलीलाई मेन्सन गर्दै ट्वीट गरेका छन् ।

शर्माले नयाँ नक्सा शासकीय अयोग्यता ढाक्ने पछ्यौरी नबनाउन पनि उल्लेख गरेका छन् ।

कांग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीलाई टारगेट गर्दै आफ्नो ट्वीट मार्फत ओलीको विरोधाभासपूर्ण अभिव्यक्तिको कारणले संसदबाट सर्वसम्मतले पारित नक्साको जग्गा फिर्ता गराउने सम्पूर्ण कुटनैतिक पहलको ‘च्याप्टर क्लोज’ उहाँले आफै गरेका हुन् । साथै त्यसलाई सत्ता रक्षाको कवच बनाउन खोज्ने प्रवृत्ति न राजनैतिक छ न कुटनैतिक छ भनेर व्याङ्ग गरेका छन् ।

त्यसैगरी शर्माले अर्को ट्वीट मार्फत प्रधानमन्त्रीमाथि व्याङ्ग गर्दै अगाडी भनेका छन् कि सरकार कोरोनासँग जुध्न असफल भएपछि प्रधानमन्त्रीको परिवर्तन खोजेको भन्दै रुवाबासी गर्नु शोभनीय नभएको बताएका छन् ।

शर्माले थप जोड दिँदै भनेका छन् कि सहयोद्धाहरुले जोगाइदिए तिनलाई धन्यवाद दिनोस् । विदा गरे हालसम्मको कामका लागि धन्यवाद लिनोस् । हटाउन लागे भनेर सार्वजनिक रुवाबासी गर्नु शोभनीय भएन !

थैली राम्रोसँग नबाध्ने छिमेकीलाई दोष लगाउने पद सुहाउँदो नभएका भनेर प्रधानमन्त्रीमाथि टिप्पणी गरेका छन् ।

प्रकाशन : असार १५, २०७७

प्रतिक्रिया दिनुहोस्