सम्पादकहरुलाई श्रमजीवीका पक्षमा उभिन अध्यक्ष अर्यालको अपिल


काठमाडौं : कोभिड–१९ र लकडाउन पछि नेपाली श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको पेशागत सुरक्षा अत्यन्तै नाजुक र चिन्ताजनक भएको भन्दै न्यूनतम पारिश्रमिक निर्धारण समितिले गम्भीर चिन्ता प्रकट गरेको छ । तोकिएको न्यूनतम तलब समयमै नदिने, जबरजस्ती बेतलवी बिदामा बस्न व्यवस्थापनले दवाव दिने, तलब कटौती गर्ने र जागिरबाटै निष्कासन गर्ने गरेको गुनासा र उजुरीहरु समितिमा आइरहेको उल्लेख गर्दै समितिले त्यस्ता कार्य नगर्न र नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक नियमित रुपमा उपलब्ध गराउन सम्बन्धित संचार गृहहरुलाई पत्राचार गरेको छ ।

यसै क्रममा समितिले प्रतिनिधिमूलक रुपमा करीब दुई दर्जन सञ्चार संस्थाका सम्पादकहरुलाई आज (सोमबार) छुट्टाछुट्टै पत्राचार गर्दै अहिलेको विषम र संकटपूर्ण अवस्थामा श्रमजीवीहरुका पक्षमा उभिन अपिल गरेको छ । समितिका अध्यक्ष राजेन्द्र अर्यालद्वारा हस्ताक्षर गरी ती सम्पादकहरुलाई प्रेषित पत्रमा व्यक्तिगत र सामूहिक रुपमा श्रमजीवीहरुका पक्षमा उभिन आग्रह गर्दै श्रमजीवीहरुलाई नियमित तलब दिने र जागरिबाट निष्काशन नगर्ने प्रत्याभूतसहितको वातावरण बनाउन पनि अनुरोध गरिएको छ ।

सबै सम्पादकहरु एक ठाउँमा उभिदा पेशागत असुरक्षाका कारण मानसिक त्रासमा रहेका श्रमजीवीहरुका समस्या समाधान हुने विश्वासका साथ समितिले प्रतिनिधिमूलक रुपमा सम्पादकहरुलाई छुट्टाछुट्टै अपिल गरी पत्राचार गरेको अध्यक्ष अर्यालले बताएका छन् । अध्यक्ष अर्यालले अहिलेको यो संवेदनशील अवस्थामा मानवीयताका दृष्टिकोणले पनि विभिन्न सञ्चारगृहमा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको पेशागत सुरक्षाको प्रत्याभूतिसहित काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।

सम्पादकहरुलाई प्रेषित गरिएको पत्र निम्नानुसार रहेको छ :-
श्रीमान् सम्पादकज्यू

कोभिड–१९ को संक्रमणले अहिले मानव सभ्यता नै संकटमा छ । यसको प्रभाव नेपालमा पनि दिनानुदिन बढिरहेको छ । नेपालमा कोरानाको संक्रमणको विरामी बढिरहेको बेला नेपालको उद्योग, व्यापार, शैक्षिक संस्था, स्वास्थ्य सेवा, यातायात ब्यबसायसँगै सबै क्षेत्रमा पनि गम्भीर असर गरेको छ । यसबाट आमसञ्चार क्षेत्र पनि मुक्त छैन ।

अहिले कोभिड –१९ का नाममा कतिपय सञ्चारगृहरुले श्रमजीवी पत्रकार, कामदार र कर्मचारीहरुलाई नेपाल सरकारले तोकेको पारिश्रमिक नदिएको, तलबमा कटौती गरेको र समयमा तलब नदिएको, बेतलवी विदामा बस्न दवाव दिएको, राजीनामा दिन बाध्य बनाइएको र जागिरबाट निष्काशन गरिएको जस्ता उजुरीहरु यस समितिमा आइरहेको छ । यसबाट कतिपय सञ्चारगृहमा श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षाको अवस्था निराशाजनक र चिन्ताजनक देखिएको छ । यसबाट कोरोनाभाइरस संक्रमणको महामारी र लकडाउनको कठिन घडीमा क्रियाशिल श्रमजीवीहरु माथि मानसिक त्रास फैलिएको देखिएको छ । अहिले कोरोना महामारीका बेला श्रमजीवीहरुले काम गरे वापतको पारिश्रमिकबाट दैनिक गुजरा चलाउनुका साथै कोठा भाडा, बालबच्चाको रेखदेख लगायत अन्य आवश्यकीय प्रवन्ध गर्नुपरिरहेको बाध्यता बारे यहाँ जानकार नै हुनुहुन्छ । यसर्थ, यस घडीमा मानवीय संवेदनशीलताका दृष्टिकोणले पनि यहाँको साथ सहयोग श्रमजीवीहरुका पक्षमा रहनेछ भन्नेमा हामी विश्वस्त छौ ।

यो बेला श्रमजीवी पत्रकारहरु जोखिम मोलेर कार्य क्षेत्रमा खटिरहेका छन् । उनीहरुलाई हौसला दिनु पर्नेमा उल्टै व्यवस्थापन पक्षबाट निरुत्साहित गर्ने कार्य भएबाट उनीहरु माथि पेशागत असुरक्षाले मानसिक त्रास बढाएको पाइएको छ । जागिर गुमाउनु पर्ने र काम गरेको न्यूनतम तलब समेत नपाउने विषय कोरोनाको महामारीबीचमा पेशागत असुरक्षा थप गम्भीर बन्न पुगेको छ । तसर्थ आमसञ्चार माध्यममा कार्यरत पत्रकार र कर्मचारीहरुलाई नहटाउन र न्यूनतम खाइपाई आएको तलबभत्ता उपलब्ध गराउने कार्यमा यहाँको महत्वपूर्ण भूमिकाको लागि अनुरोध गर्दछौ ।

यो बेला यहाँले अप्ठ्यारो र कठिन परिस्थितिमा काम गर्न परिरहेको यर्थातताबीच आम नागरिकका लागि सूचना प्रवाह गर्ने र पत्रकारको हितमा उभिएर काम गरिरहनुछ । श्रमजीवीहरुको समस्या समाधान गर्न तपाईले खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै यो कार्य निरन्तर रहनेछ भन्नेमा विश्वस्त छौं । श्रमजीवी पत्रकारको हितमा तपाईले चाल्ने हरेक कदममा न्यूनतम पारिश्रामिक निर्धारण समितिले आवश्यक सहयोग समेत गर्ने जानकारी गराउँछौ ।
धन्यबाद ।

प्रकाशन : असार १५, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा २ सय ५९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा काम गर्ने १५ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ : सङघीय राजधानी काठमाडौँमा कोरोना सङ्क्रमणको सङ्ख्या बढदै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शङ्कास्पद

विराटनगर : मोरङको रङ्गेली नगरपालिकाका एकै परिवारका १४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

काठमाडौं : श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट मनाइने गाईजात्रा पर्व आज (मंगलबार) देखि आठ

विराटनगर : कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–५

काठमाडौं : लकडाउन खुकुलो भएसँगै कोरोनाको संक्रमण बढेको छ । साउन १९ गतेसम्मको तथ्यांक अनुसार

विराटनगरः बिराटनगरमा अप्पन ब्राह्मण समाजको प्रथम साधारण सभा सकिएको छ । शनिबार सगरमाथा पार्टी प्यालेस

काठमाडौ‌‌ : आज (सोमबार) थप ४ सय १८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ

काठमाडौंः ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले बेरुजु फस्र्यौटमा उल्लेख्य सुधार गरेको छ । आर्थिक वर्ष

काठमाडौँ : संघीय संसद सचिवालयले राष्ट्रियसभाका संसदीय समितिहरूको सभापति चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको

काठमाडौं : ‘एसिड आक्रमणबाट म रतिभर पनि डराएकी छैन, आक्रमणकारीले मेरो अनुहार जलाए तर मेरो