नगराइन नगरपालिकाले १७ औं धान दिवस मनायो



जनकपुरधामः ‘धान उत्पादनमा वृद्धि आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ धनुषाको नगराइन नगरपालिकाले आज (सोमबार) १७ औं धान दिवस मनाएको छ ।

धान दिवस कार्यक्रममा नगरप्रमुख परमेश्वर यादव र उपमेयर रञ्जु सालहले धान रोपाइँ गरी दिवसको शुभारम्भ गरेका हुन् । नगराइन नगरपालिका-५ स्थित गंगुलीमा आज (सोमबार) नगरपालिकाको कृषि विकास शाखाले आयोजना गरेको धान रोपाइँ कार्यक्रममा मेयर यादवले उत्साहपुर्वक सहभागिता जनाई किसानहरुसँग धान रोपेर उनीहरुको मनोवल बढाएका थिए ।

अर्थतन्त्रमा ठूलो हिस्सा बोकेको कृषि क्षेत्रलाई व्यवसायिकरण र यान्त्रिकरण गरि कृषि उत्पादनमा दोब्बर वृद्धि गर्ने स्थानिय सरकारको नीति रहेको मेयर यादवले बताए । मुख्य पेशाको रुपमा रहेको कृषिलाइ नगराइन नगरभित्र आत्मनिर्भर बनाउने नगराइन नगरपालिकाको लक्ष्य रहेको उनको तर्क थियो । कोरोनाको कहरलाई मध्यनजर गर्दै सामाजिक दूरी कायम गरि नगरपालिकाले धान दिवस मनाएको छ ।

धनुषा जिल्लामा कुुल ६३ हजार १ सय १२ हेक्टर जग्गामध्ये ५ हजार ४ सय हेक्टर अर्थात ८.५ प्रतिशत धान रोपाई भएकोे भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्