सुदूरपश्चिममा थप ९९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ हजार नघ्यो



धनगढीः सुदूरपश्चिममा आज (सोमबार) थप ९९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

शिक्षण अस्पताल काठमाडौं, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र भरतपुर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ९९ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार शिक्षण अस्पतालमा भएको परीक्षणमा बाजुराका २० महिला र ४६ पुरष गरी ६६ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको परीक्षणमा बाजुरा जिल्लाकै ८ महिला र २४ पुरष गरी ३२ जना र भरतपुर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीका एक पुरुषमा कोरोना पुष्टि भएको छ ।
योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या २ हजार ४ सय ८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्