प्रदेश २ः संक्रमितको संख्या ३ हजार ३८९ पुग्यो, ३ हजार ४१३ को नतिजा आउन बाँकी,१ हजार ६३० जना डिस्चार्ज



जनकपुरधामः प्रदेश न.२ मा पछिल्लो २४ घण्टामा २५ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ ।

जसमध्ये धनुषाका ६,महोत्तरीका ४,रौतहटका ११,बराका ३ र पर्साका १ जना रहेका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ३ हजार ३ सय ८९ पुगेको छ । संक्रमित मध्ये ३ हजार १ सय ८२ पुरुष र २ सय ७ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

महोत्तरीमा संक्रमण पुष्टी भएकाहरु सोनमा गाउँपालिकास्थित मावि खखना क्वारेन्टाईनमा रहेका २४,२५,३५ र ४० बर्षिय ४ जना पुरुषहरु रहेका छन् । त्यस्तै धनुषाको शहिदनगर नगरपालिकास्थित क्वारेन्टाईनमा रहेका १८ देखि ४२ बर्ष उमेर समुहका ६ जना पुरुषहरु संक्रमित भएका छन् ।

रौतहटको गौर अस्पतालमा रहेका २० र ३५ बर्षका २ जना पुरुष,बौद्धिमाई नगरपालिकास्थित क्वारेन्टाइनका २६ बर्षका १ पुरुष,सखुवा क्वारेन्टाइनका १७ बर्षका १ पुरुष,जय किसान आइसोलेसनका २५,२६ र ४८ बर्षका ३ जना पुरुष,यमुनामाई गाउँपालिकास्थित क्वारेन्टाइनका ३९ र ४० बर्षका २ पुरुष,गरुडा नगरपालिकाका ३० बर्षिय १ पुरुष र ठेगाना खुल्न नसकेका ३० बर्षिय अर्का १ पुरुष संक्रमित भएका छन् ।

बाराको पचरौता नगरपालिकास्थित क्वारेन्टाइनका १७,२१ र २२ बर्षका ३ जना पुरुष तथा पर्साको सखुवा परसौनी गाउँपालिकास्थित देवरबाना क्वारेन्टाइनका ४९ बर्षिय १ पुरुषमा संक्रमण पुष्टी भएको छ ।

प्रदेशभरीमा सोमबारसम्म ४२ हजार ५ सय ६२ जनाको स्वाब संकलन गरिएकोमा ३ हजार ३ सय ८९ जना संक्रमित भएका छन् भने ३५ हजार ७ सय ६० जनाको रिपोर्ट नेगेटिभ आएको छ । त्यस्तै सप्तरीमा ४ सय ३८,सिरहामा ५ सय ४४,धनुषामा ३ सय २९,महोत्तरीमा ५ सय ९१,सर्लाहीमा ३ सय,रौतहटमा ६ सय ८०,बारामा १ सय २ र पर्सामा ४ सय २९ जना गरि कुल ३ हजार ४ सय १३ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा आज (सोमबार) मात्रै धनुषामा ६३,सर्लाहीमा १ सय ७१,बारामा ३४ र पर्सामा ७७ जना गरि कुल ३ सय ४५ जनाको स्वाब संकलन गरिएको छ भने सिरहामा १२,महोत्तरीमा ४९,सर्लाहीमा १ सय,बारामा १ सय र पर्सामा १ सय ६९ गरि जम्मा ४ सय ३० जनाको आरडिटी परिक्षण गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

आरडिटी तर्फ अहिलेसम्म २० हजार २ सय ९० जनाको परीक्षण गरिएकोमा सप्तरीमा ६१,सिरहामा १ सय १२,धनुषामा १ सय ६०,महोत्तरीमा ४ सय ३७,सर्लाहीमा ६,रौतहटमा १ सय २६,बारामा ४४ र पर्सामा १५ जना गरि कुल ९ सय ६१ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने १९ हजार ३ सय २९ जनाको रिपोर्ट नेगेटिभ आएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ३२ हजार १६ बेड क्षमताको ४ सय ५५ वटा क्वारेन्टाइनमा अहिले ५ हजार ३ सय जनालाई राखिएको छ भने १८ हजार ४ सय ४७ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको १ हजार ७ सय ९६ बेड क्षमताको आईसोलेशनमा ७ सय ९१ जना बिरामीलाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार २ सय २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यस्तै सर्लाहीमा ६ सय २४,महोत्तरीमा ६ सय १२,धनुषामा ३ सय ४९,सप्तरीमा १ सय ७१, सिरहामा १ सय ६१, पर्सामा १ सय ५९ र बारामा १ सय ११ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा ४० जना व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा सप्तरीका १६ जना,महोत्तरीका ६ जना,सर्लाहीका १५ जना,रौतहटका १ जना र पर्साका २ जना व्यक्तिहरु रहेको उनले जानकारी दिए ।

योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका ८९,सिरहाका ६२,धनुषाका २ सय ३८,महोत्तरीका १ सय ४८,सर्लाहीका ४ सय २८,रौतहटका ४ सय २,बाराका ९२ र पर्साका १ सय ७१ जना गरि १ हजार ६ सय ३० जना संक्रमितहरु डिस्चार्ज भएर आ-आफ्नो घर फर्किसकेका छन् । प्रदेशमा हालसम्म रौतहट,बारा र पर्साका १-१ जना गरि ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्