बङ्गलादेशमा डुङ्गा दुर्घटना, २३ जनाको मृत्यु, कैयौ बेपत्ता



काठमाडौंः बङ्गलादेशको राजधानी ढाकाको बुढिगंगा नदीमा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ ।

आज (सोमबार) विहान भएको डुङ्गा दुर्घटना पानी जहाजसँग ठोक्किँर भएको थियो । दुर्घटनामा कैयौ मनिसहरु बेपत्ता भएको बताइएको छ ।

सरकारी अधिकारी इनायट हुसेनले दिएको जानकारी अनुसार दुर्घटनामा परेका २३ व्यक्तिको शव जलक्षेत्रबाट बाहिर निकालिएको छ । डुङ्गामा ५० व्यक्ति सवार रहेको अनुमान गरिएको छ भने उद्धारकार्य जारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्