फ्रान्सका पूर्वप्रधानमन्त्री फिलोन र पत्नी पेनेलोपलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर



काठमाडौंः फ्रान्सका पूर्वप्रधानमन्त्री फ्राँस्वाँ फिलोन र उनकी पत्नी पेनेलोपलाई पेरिस अदालतले सार्वजनिक कोष दुरूपयोग मुद्दामा आज (सोमबार) दोषी ठहर गरेको छ ।

पेनेलोपले फिलोन प्रधानमन्त्री रहेका समय संसदीय सहायकको रूपमा एक व्यक्तिको नाममा नक्कली जागिर सिर्जना गरी त्यसबापत रकम लिएको भनी परेको मुद्दामा अदालतले उनलाई दोषी ठहर गरेको हो ।

फिलोनकी पत्नी पेनेलोपले सार्वजनिक कोषको १० लाख यूरोभन्दा बढी रकम दुरूपयोग गरेको अभियोगसहित पेरिसको एक अदालतमा परेको मुद्दा विचाराधीन अवस्थामा रहेको थियो ।

यसै प्रकरणका कारण सन् २०१७ को राष्ट्रपतीय निर्वाचनमा अन्य प्रतिद्वन्द्वीभन्दा निकै अब्बल उम्मेदवारी रहेको मानिएका अर्थात निर्वाचनमा विजयको बलियो सम्भावना बोकेका फिलोनले अभियानबाट पछाडि हटेका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्