यौन शोषण आरोपमा युट्युवर अर्जुन शिवाकोटी पक्राउ



काठमाडौं: यौनशोषणको आरोपमा युट्युवर अर्जुन शिवाकोटी पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले शिवाकोटीलाई काठमाडौंबाट पक्राउ गरेको हो । ३८ वर्षीय शिवाकोटीलाई काठमाडौंका दुई किशोरीलाई बलात्कार गरेको अभियोग लागेको छ ।

‘मेकिङ नेपाल’ युट्युव च्यानलका संचालक शिवाकोटीले १४ बर्षीया र १२ बर्षीया किशोरीलाई पटक-पटक यौन शोषण गर्ने गरेको महाशाखाका एसपी ईश्वर कार्कीले द नेपालटपलाई जानकारी दिए ।

०७६ असोजदेखि १४ बर्षीया किशोरीलाई उनले डर, त्रास देखाएर बलात्कार गर्दै आएका थिए । बलात्कृत किशोरीका आमा, बुबासँगै अर्जुन ४ वर्षदेखि एउटै घरमा बस्थे ।

पीडित किशोरीको आमासँगै व्यवसाय समेत गर्ने हुनाले छोरीहरुले उनलाई अंकल भनेर बोलाउँथे । अर्जुनले त्यही सामिप्यताको फाइदा उठाए ।

छोरीहरुले ‘अंकल’ भन्ने हुनाले सँगै देख्दा परिवारका सदस्यले पनि लामो समय शंका गरेनन् ।
यौन दुर्व्यवहार गरेको थाहा पाएपछि पीडितका परिवारले कुरा उठाउँदा आरोपीले मार्ने धक्कि दिँदै ‘म पत्रकार भएकाले प्रहरीले पनि मलाई केही गर्न सक्दैन’ भनेर डर देखाएको पीडितले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्