स्रोत नखुलेको ६५ लाख नगदसहित २ जना पक्राउ



काठमाडौंः नेपाल प्रहरीले स्रोत नखुलेको ६५ लाख ८ हजार नगदसहित दुई जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरीवृत्त कालिमाटीको टोलीले भारतीय नागरिक शङ्कर सिंह र बाराका रमेश सिंहलाई सोमबार कुलेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका शङ्करसँग ६३ लाख र रमेशसँग दुई लाख ८ हजार बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले अवैध नगद कारोबारको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुलाई बाटोमा हिँड्दै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरीवृत्त कालिमाटीका डिएसपी रुगम कुँवारले द नेपालटपलाई जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्