गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण



पोखरा : गण्डकी प्रदेशमा मंगलबार बिहान थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा विभिन्न जिल्लाका व्यक्तिमा संक्रमण देखिएको जनाएको हो ।

तनहुँका ५, स्याङ्जाका १, लमजुङका ३, कास्कीका ८ जनामा संक्रमण पोजेटिभ देखिएको डा. विनोद विन्दु शर्माले बताए । संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको उनले बताए ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ६६ पुगेको छ भने २ सय १४ जना निको भएर घर फर्किसकेका छन् ।

No photo description available.

प्रकाशन : असार १६, २०७७

प्रतिक्रिया दिनुहोस्