‘घरबेटीले कोठा भाडा माग्यो सरकार’



काठमाडौं : कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेको लकडाउनका कारण लामो समयदेखि ट्याक्सी चलाउन नपाएपछि ट्याक्सी चाकल तथा व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।

मंगलबार बिहान काठमाडौंको नयाँबानेश्वर–तीनकुने सडकखण्डको किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित ट्याक्सी चाकल तथा व्यवसायी शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका छन् ।

प्रदर्शनमा ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार’, ‘घरबेटीले कोठा भाडा माग्यो सरकार’, ‘कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेऊ’, लगायतका नारा लेखिएका पर्चा शरीरमा टाँसे थिए ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनलाई अहिलेकै मोडाटिलीलाई आगामी साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ भने कोरोना संक्रमणको जोखिम रहेको भन्दै गत वर्ष चैत ११ गतेबाट सार्वजनिक यातायातका साधन चलाउन रोक लगाएको थियो ।

प्रकाशन : असार १६, २०७७

प्रतिक्रिया दिनुहोस्