‘सलह किरा ल्याउनुस्, तीन सय लानुस्’



स्याङ्जा : स्याङ्जामा सलह किरा समातेर ल्याए प्रति किलो तीन सय रुपैयाँ दिने घोषणा गरिएको छ । जिल्लाको आँधिखोला गाउँपालिकाले सो घोषणा गरेको हो ।

भारतबाट नेपालको तराई हुँदै विभिन्न जिल्लामा पुगेको सलह स्याङ्जा प्रवेश गरेसँगै गाउँपालिकाले सलह छोपेर ल्याउन आह्वान गरेको हो ।

गाउँपलिकाका निमित्त प्रमुख प्रशाकीय अधिकृत गेदुराम ढकालले सूचना जारी गर्दै प्रति किलोका हिसाबमा रकम दिने निर्णय भएको उल्लेख गरेका छन् । उनले आँधिखोला गाउँपालिकाको वडा नंं १ पञ्चमुलमा समेत सलहको झुण्ड देखिएको उल्लेख गर्दै सबैलाई सजग रहन भनेका छन् ।

सलहबाट हुने क्षति न्यूनिकरणका लागि आगो बल्ने, धुँवा गराउने, हावाको बहाव परिवर्तन गराउने, थाल ठटाउने, ड्रम बजाउने, स्पीकर लगाउने, प्राकृतिक सिकारीको प्रयोग गर्ने, खरानी तथा धुलीजन्य पदार्थ छर्कने कार्यहरु गर्न आँधीखोलावासीलाई अधिकृत ढकालले आग्रह गरेका छन् ।

प्रकाशन : असार १६, २०७७

प्रतिक्रिया दिनुहोस्