फ्रान्सेली पूर्वप्रधानमन्त्री दम्पतीलाई जेल सजाय



पेरिस : फ्रान्सका पूर्वप्रधानमन्त्री फ्रास्वाँ फियों र उनकी पत्नी पेनेलोपलाई जेल सजाय सुनाइएको छ । उनीहरुले राज्यकोष दुरुपयोगको मुद्दामा ५ वर्ष जेल सजाय सुनाइएको हो ।

सोमबार पेरिसको फौजदारी अदालतले पेनेलोपको नक्कली रोजगारीको मुद्दामा सार्वजनिक कोष हिनामिना गरेको भन्दै ५ वर्ष जेल सजायको फैसला गरेको त्यहाँको स्थानीय सञ्चारमाध्यमहरुले जनाएको छ ।

पूर्वप्रधानमन्त्री फियोंकी पत्नी पेनेलोपनलाई भने ३ वर्ष जेल सजाय सुनाएको छ । फ्रान्सेली सञ्चारमाध्यमका अनुसार दुवैलाई ३ लाख ७५ हजार यूरो जरिवाना तिराउन समेत आदेश दिइएको छ ।

फियोंले पत्नीलाई सहयोगी राखेर ८ लाख ३१ हजार ४ सय यूरो दिएको तर कुनै काम भने नलगाएको आरोप लगाइएको थियो । फियों दम्पतीसँगै सहयोगी मार्क जुलोलाई पनि १० लाख यूरो राष्ट्रियसभालाई फिर्ता दिन अदालतले आदेश दिएको छ ।

उनले पनि फियोंको पक्षमा राज्य कोषको दुरुपयोग गरेको आरोप लागेको हो ।

प्रकाशन : असार १६, २०७७

प्रतिक्रिया दिनुहोस्