प्रदर्शन गर्दा तीन सय ट्याक्सी प्रहरी नियन्त्रणमा


काठमाडौं : लकडाउन उल्लंघन गरेको भन्दै महानगरी ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ३ सयभन्दा बढी ट्याक्सीलाई नियन्त्रणमा लिएको छ ।

लकडाउनका कारण भोकभोकै बस्नुपर्ने अवस्था आएको भन्दै मंगलबार प्रदर्शनमा निस्किएका ट्याक्सी चाकल र व्यवसायीले काठमाडौंको नयाँबानेश्वर र तीनकुनेमा प्रदर्शन गरेका थिए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले केशरमहल, सिंहदरबार, जावलाखेल, कोटेश्वर, गौशाला, महाराजगञ्ज, गोंगबु लगायतका क्षेत्रबाट ३ सय ८ वटा ट्याक्सीलाई नियन्त्रणमा लिएको हो ।

‘घरबेटीले कोठा भाडा माग्यो सरकार’

महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालका अनुसार प्रदर्शनभन्दा पनि नियमलाई हेर्ने हो । लकडाउनमा सार्वजनिक सवारीसाधन चालउन पाइँदैन । त्यसैले ट्याक्सी नियन्त्रणमा लिएर होल्ड गरिएको हो । साँझ ती सबै ट्याक्सीलाई छाडिने छ ।

यता ट्याक्सी व्यवसायीले शान्तिपूर्ण प्रदर्शमा प्रहरीले दमन गरेको बताएका छन् ।

प्रदर्शनमा उपस्थित एक प्रदर्शनकारीले प्रश्न गर्दै भने–‘निजी सवारीसाधन र एम्बुलेन्समा भाडा लिएर मान्छे चढाउन हुने, हामीले आफ्नो माग पनि राख्न नपाउने ?’

लकडाउनका कारण लामो समयदेखि ट्याक्सी चलाउन नपाएपछि ट्याक्सी चालक र व्यवसायीहरु मंगलबार आन्दोलनमा उत्रिएका छन् ।

प्रकाशन : असार १६, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

फोटो : फाइल संखुवासभा : संखुवासभाका सिलिचोङ गाउँपालिकामा शनिबार राति पहिरो जाँदा ११ जना वेपत्ता

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका जेठी नातिनी तथा पूर्वयुवराज पारस र युवराज्ञी हिमानीकी छोरी पूर्णिका

जाजरकोट : जाजरकोटको बारेकोट गाँउपालिका ४ सार्की टोलमा गएको पहिरोमा पुरिएकामध्ये ९ जनाको मृत्यु भएको

काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृतकको संख्या

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ७० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य

कैलालीः अविरल वर्षाका कारण हुन सक्ने क्षतिबाट जोगिन कैलाली जिल्लामा उच्च सतर्कता अपनाइएको छ ।

काठमाडौं : काठमाडौं उपत्यकामा साझा बस सञ्चालन गर्ने तयारी शुरु भएको छ । साझा यातायातका

पोखरा : शनिबार गण्डकी प्रदेशमा १४ जना कोरोना संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान

जनकपुरधाम : पत्रकारिताको आचार संहिता विपरित समाचार सम्प्रेषण गरेको भन्दै हुलाकी न्यूज डटकमविरुद्ध प्रेस काउन्सिलमा

काठमाडौं : शुक्रबार सातै प्रदेशका धेरैजसो स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम

काठमाडौं : बुधबार रातिदेखिको लगातारको झरीका कारण कालीगण्डकी नदिको बहाव बढेपछि विश्वकै ठूलो शालीग्राम शिला

काठमाडौं : नेपालमा बाढीपहिरोले र्‍याएको धनजनको क्षतिप्रति पाकिस्तानले दुःख व्यक्ति गरेको छ । पाकिस्तानका विदेशमन्त्री