गुल्मीमा थप ३७ जनामा कोरोना संक्रमण



गुल्मी : गुल्मीमा मंगलबार बिहान थप ३७ जना नयाँ कोरोना संक्रमण थपिएका छन् । योसँगै गुल्मीमा संक्रमितको संख्या ३ सय २४ पुगेको छ ।

प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा जिल्लाको गुल्मीदरवार गाउँपालिकामा २१ जना, रुरुक्षेत्र गाउँपालिकामा ८ जना र छत्रकोट गाउँपालिकामा ८ गरी ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।

संक्रमित सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरु हुन् ।

जिल्लामा ४२ जना कोरोना निको भएर घर फर्केका छन् भने कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशन : असार १६, २०७७

प्रतिक्रिया दिनुहोस्