कोरोनाबाट विदेशमा १३० जना नेपालीको मृत्यु



काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९)का कारण विदेशमा १ सय ३० जना नेपाली नागरिकले ज्यान गुमाएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १३ मुलुकमा रहेका नेपालीले कोरोनाका कारण ज्यान गुमाएको जनाएको छ । संघ अन्तर्गतको स्वास्थ्य समिति संयोजक डा. सञ्जीव सापकोटाका अनुसार सबैभन्दा बढी बेलायतमा ६७ जनाको मृत्यु भएको छ । त्यसपछि संयुक्त अरब इमिरेट्स (यूएई) मा १९, अमेरिकामा १७, साउदीमा ९, कतारमा ७, बहराइनमा ३, टर्की, आयरल्यान्ड, जापान, नेदरल्यान्ड र स्विडेनमा १-१ जना छन् । यस्तै अन्य मुुलुकमा कोरोनाका कारण तीन जनाको ज्यान गएको छ ।

यसमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेकाको संख्या २३ छ । यो वैदेशिक रोजगार बोर्डले दुई साताअघि सार्वजनिक गरेको तथ्यांक हो । त्यसपछि बोर्डले नयाँ तथ्यांक निकालेको छैन । बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले कम्पनी र बासस्थानमा जनघनत्व बढी भएकाले नेपाली कामदार बढी प्रभावित रहेको बताए । कोरोनाबाट ज्यान गुमाउनेको तथ्यांक परराष्ट्र मन्त्रालयले अध्यावधिक नगरेकाले यो संख्या थपघट हुन सक्ने सूचना अधिकारी सुवेदीको भनाइ छ ।

प्रकाशन : असार १६, २०७७

प्रतिक्रिया दिनुहोस्