नेकपा स्थायी कमिटी बैठक बस्दै



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ ।

गत साता शुरु भएर दुई दिन स्थगित भएको नेकपा स्थायी कमिटी बैठक मंगलबा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरमा बस्दैछ ।

बैठकमा पार्टीले तय गरेका ७ वटा एजेण्डामाथि छलफल हुनेछ । दुई दिनसम्म सीमा विवाद र नेपालको नयाँ नक्सामा छलफल भएको थियो ।

यो विषयमा बोल्न बाँकी सदस्यले धारणा राखिसकेपछि कोरोनाभाइरसको माहामारीको एजेण्डामा छलफल शुरु हुने पार्टी प्रवक्ता नारायणाकाजी श्रेष्ठले जानकारी दिए । तर, अब बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषयमा पनि छलफल केन्द्रीत हुनसक्ने नेकपाका नेताहरुले बताएका छन् ।

प्रकाशन : असार १६, २०७७

प्रतिक्रिया दिनुहोस्