‘सलहको मूल्य भो, मान्छेको मूल्य खै ?’



काठमाडौं : सरकारविरुद्ध काठमाडौंको नयाँबानेश्वरमा युवाहरुले धर्नासहित विरोध प्रदर्शन गरेका छन् ।

इनफ इज इनफ अभियानले कोरोना संक्रमणको महामारी रोक्नका लागि सरकार गम्भीर नभएको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

अभियानले कोभिड–१९ व्यवस्थापनका लागि गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन् ।लक्षणहरू देखिए वा नदेखिए पनि जोखिममा भएका सबैका लागि तुरुन्तै पीसीआर परीक्षण उपलब्ध गराउन उनीहरुको माग छ ।

उनीहरुले ‘सलह किराको मूल्य भो मान्छेको मूल्य खै ?, सुरक्षी क्वारेन्टाइन लागू गरे, स्टप आरडीटी १०० प्रतिशत पीसीआर’लेखेका प्लेकार्ड बोकेका थिए ।

यस्तै अग्रपंक्तिका स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारीलाई सुरक्षा प्रदान गर्न र बजेट निर्धारण र खर्चलगायत कोभिड व्यवस्थापनबारे सम्पूर्ण जानकारी जनतालाई उपलब्ध गराउँदै पारदर्शिता र जिम्मेवारीको प्रतिबद्धता गर्न पनि अभियानले सरकारलाई आग्रह गरेको छ ।

प्रकाशन : असार १६, २०७७

प्रतिक्रिया दिनुहोस्