नागरिकता विधेयकमाथि पुर्नविचार गर्नुको विकल्प छैन : नेता मण्डल



जनकपुरधाम : जनता समाजवादी पार्टीका युवा नेता उमेश मण्डलले राष्ट्रिय एकताका लागि नागरिकता संशोधन विधेयकमाथि पुर्नविचार गर्नुको विकल्प नरहेको बताएका छन् ।

नागरिकता संशोधन विधेयकलाई लिएर नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले गरेको निर्णयलाई राज्य व्यवस्था परामर्श समितिले बहुमतमा टेकेर पास गरेको घटना र हालै नक्सा सम्बन्धी बिवादमा सम्पूर्ण राष्ट्र एकठाउँमा उभिएर देखाएको राष्ट्रिय एकता केहि समयमै भत्केको दाबी गर्दै नेता मण्डलले नेपाली कांग्रेस तथा जसपाले विधेयकमाथि फरक मत दर्ज गरिरहेको बेला नेपाली राजनीतीले व्यहोर्दै आएको नियत–नियती एक पटक फेरी उजागर भएको छ ।

युवा नेता मण्डलले दीर्घकालिन महत्व राख्ने नागरिकता सम्बन्धी सवालमा सर्वसम्मत नहुनु नेपाली राजनीतिको पूरानै संस्कार रहेको जिकिर गर्दै भने–‘ लोकतन्त्रमा बहुमतको शासन भएझै अल्पमतको सम्मानले लोकतन्त्रलाई जीवित राख्दछ । यस सवालमा आआफ्ना तर्क विभिन्न मञ्चबाट व्यक्त भएतापनि तथ्यपरक, भविष्यपरक, जीवनशैलीयुक्त विधेयक–ऐनले मात्र कानूनी रूप लिँदा राष्ट्रिय एकता बलियो पार्ने संसाधन बन्ने कुरामा कूनै अतिसयोक्ति नहोला ।’

विरोधमा रहेको जसपाले पनी यसको विरोध सडकमा मात्र नभइ नेपाली कांग्रेस तथा सरोकारवाला पक्षसँग वृहत्त छलफल गरी आगामी रणनीति तय गर्नु आवश्यक रहेको उनले सुझाव दिए ।

उनले भने–‘नेकपाले पनी नागरिकतासम्बन्धी समस्यालाई राजनीति गर्ने तुरुप–कार्डको रुपमा प्रयोग नगरे राष्ट्रिय एकताको आधार बलियो बनाऊन सकिन्छ । नभए नेपाली राजनीति विभिन्न खाले स्वार्थ समूहहरुको खेल मैदान बन्ने निश्चित छ।

प्रकाशन : असार १६, २०७७

प्रतिक्रिया दिनुहोस्