नेकपा बैठकअघि राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री



फोटो : फाइल

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ ।

मंगलबर बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने नेकपा स्थायी कमिटीको बैठकमा सहभागी हुनुपूर्व प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन् ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच वर्तमान राजनीतिक परिस्थिति र नेकपाभित्रको शक्ति सन्तुलनबारे कुराकानी भएको शीतलनिवास स्रोतले जनाएको छ ।

नेकपाको स्थायी कमिटी बैठक गत बुधबारदेखि बालुवाटारमा बस्दै आइरहेको छ ।

बैठकमा बुधबार, शुक्रबार र शनिबार तीन दिन सीमासम्बन्धी एजेण्डामा छलफल भएको थियो । आज कोरोना महामारी र सरकारको भूमिकाबारे छलफल हुने कार्यसूची छ ।

प्रकाशन : असार १६, २०७७

प्रतिक्रिया दिनुहोस्