रेडक्रसका कर्मचारीमा पनि देखियो कोरोना



कैलालीः धनगढीमा कार्यरत रेडक्रसका एक जना कर्मचारीमा कोरोना देखिएको छ ।

आज (मंगलबार) धनगढी प्रयोगशालामा भएको परीक्षणमा धनगढी उप-महानगरपालिका वडा नं.५ का ४४ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो ।

उनी नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कैलालीमा कार्यरत रहेका छन् । कोरोना भाईरसको जोखिम नियन्त्रणका गतिविधिमा खटिएका उनी विभिन्न क्वारेन्टाईनमा पुगेका थिए ।

नेपाल रेडक्रस कैलालीका सभापति उत्तम जोशीले सामाजिक दूरी कायम गरेर काम गरेको बताउँदै अन्य कर्मचारीकोसमेत परीक्षण गर्ने तयारी गरिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्