दार्चुलामा भीरबाट लडेर २ जनाको मृत्यु



दार्चुलाः आज (सोमबार) भीरबाट लडेर दार्चुलामा २ जनाको मृत्यु भएको छ ।

जिल्लाको मर्मा गाउँपालिका-४ थामुकी ३५ वर्षिय भागरथी महरा र शैल्यशिखर नगरपालिका-४ कुरेधारकी १५ वर्षिय कलावती ठगुन्नाको भीरबाट लडेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार सोमबार भीरबाट खसेर करिब डेढ सय मिटर तल खसेकी ठगुन्नाको घटनास्थलमै मृत्यु भएको थियो ।

त्यस्तै सोमबार साझ घाँस काट्न गएकी मार्माकी महराको पनि घटना स्थलमै मृत्यु भएको प्रहरीले जनजाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक सुरेन्द्र जोशीले भने, ‘एकै दिन दुई जनाको मृत्यु भएको हो, मर्माको घटनाबारे हामीलाई आज विहान मात्रै जानकारी आयो ।’

प्रतिक्रिया दिनुहोस्