प्रधानमन्त्रीको अभिव्यक्तिप्रति शीर्ष नेताको आपत्ति, मागे जवाफ



काठमाडौं : भारतले आफूलाई हटाउन थालेको प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति नेकपाका शीर्ष नेताहरुले जवाफ मागेका छन् ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसहिथ उपाध्यक्ष बामदेव गौतमले भारतले हटाउन थालेको भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति जवाफ मागेका हुन् । साथै भारतले हटाउन थालेको भए त्यसको प्रमाण पेश गर्न प्रधानमन्त्रीलाई वरिष्ठ नेताहरुले आग्रह गरेका छन् ।

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले गत आइतबार बालुवाटारमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा आफूलाई भारतले हटाउन थालेको र त्यसमा मुलुकभित्रैका केही नेताहरु पनि सक्रिय रहेको अभिव्यक्ति दिएका थिए ।

ओलीको यो अभिव्यक्तिको विपक्षी दलहरुसहित सत्तापक्षकै नेताहरुले आलोचना गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्