सुदूरपश्चिम प्रदेशमा कोरोनाले मृत्यु हुनेको संख्या ७ पुग्यो



धनगढीः सुदूरपश्चिम प्रदेशमा थप एक जनाको मृत्युपछि कोरोना भएको पुष्टि भएको छ ।

अछामको रामारोशन गाउँपालिका वडा नं.५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको हो ।

जिल्ला अस्पताल अछामका सूचना अधिकारी देब जोशीले दिएको जानकारी अनुसार उनको असार १४ गते आइतबार वयालपाटा अस्पतालमा मृत्यु भएको थियो ।

भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेका उनी क्वारेन्टाइनमा बसेका थिए । असार १३ गते एक्कासी श्वासप्रश्वसमा समस्या आएपछि उनलाई उपचारका लागि बयालपाटा अस्पतालमा लगिएको थियो ।

आकश्मिक कक्षमा उपचारका क्रममा उनको आइतबार दिउँसो २ बजे मृत्यु भएको थियो । योसंगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्