भारत-भुटानबीच जलविद्युत परियोजना माथि हस्ताक्षर



काठमाडौं/भुटान– भारत र भुटानबीच ६ सय मेगावाटको खोलोयलन्च्छु जलविद्युत परियोजना (केएचईएल) को सहुलियत सम्झौता माथि हस्ताक्षर भएको छ ।

उक्त परियोजना भुटानमा कार्यान्वयन हुने पहिलो संयुक्त उद्यम परियोजना सम्झौता हुने बताइएको छ ।

अन्तराष्ट्रिय समाचार माध्यम ‘उइ्न’का अनुसार भारतको तर्फबाट सत्लुज जल विद्युत निगम लिमिटेड (एसजेभिएनएल) र ड्रुक ग्रीन पावर कर्पोरेशन लिमिटेड (डिजिपिसी) आयोजनाका साझेदारी संस्थाहरू हुने सम्झौता पत्रमा उल्लेख रहको छ ।

भिडियो कन्फरेन्स मार्फत हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै भारतका परराष्ट्र मन्त्री एस जयशंकरले उक्त आयोजना निर्माणले अहिलेको विशंम परिस्थितिमा भूटानमा आर्थिक र रोजगारीको अवसर सिर्जना गर्ने बताए ।

सन् २०१४ मा हस्ताक्षर गरिएको अन्तर–सरकारी सम्झौता (आईजीए) अन्तर्गत कार्यान्वयन हुने केएचइएल पहिलो संयुक्त लगानी कम्पनी हुनेछ।

कार्यक्रममा बोल्दै भुटानका विदेश मन्त्री टांडी दोर्जीले भुटानको जलविद्युत् क्षेत्रको विकासको सहर्कायले भुटान र भारतबीच पारस्परिक फाइदाजनक आर्थिक सहयोगको केन्द्रबिन्दु रहेको उल्लेख गरे ।

उनले भने– ‘हाइड्रोपावर प्रोजेक्टहरू दुबै देशका लागि ठूलो महत्त्वको छ किनकि यसले हाम्रो अर्थव्यवस्थालाई थप एकीकृत गर्न, अझ समृद्धि ल्याउन र बृद्धि गर्न सहयोग पु¥याउनेछ। साथै दुबै देशका लागि ऊर्जा सुरक्षा पनि बढाउनेछ।’

उधारो वित्त रकममा उनले भारतीय पक्षका जेभी साझेदारले अगुवाइ लिनु पर्ने आग्रह गरे । त्यसैगरी उनले यो परियोजना चाँडो भन्दा बढी व्यावहारिक वित्त पोषणको पहुँच सुनिश्चित गर्न पनि माग गरे ।

खोलोयलन्च्छुेले वार्षिक २५६८.८८ मिलियन युनिट उत्पादन गर्ने अपेक्षा गरिएको छ।

भुटानमा रहेका भारतिय दुतावासका प्रतिनिधि रुचिरा कामवोजले भारत र भुटान बीच विगतमा गरिएको विभिन्न जल विद्युत परियोजनामाथिको सहयोग विशेषगरी चुखा, कुरिचु, ताला र माङ्गदेचुले भारत र भुटानबीचको सम्बन्धलाई विश्वमा नै गर्भ र उदहारणको रुपमा हेरिएको छ ।

साथै उनले यो ७औं जलविद्युत परियोजना (पुना १ र पुना २ को काम जारी छ) ले दुई देशबीच अझ बढी विश्वासको दयरा बढ्ने बताए ।

भारतले हालसालै ७२० मेगावाटको मङ्गदेचु जलविद्युत विद्युत परियोजना सम्पन्न गरिसकेको छ र दुबै पक्षले १२०० मेगावाटको पुनाटसजग्घु–१ र १०२० मेगावाटको पुनाटसजग्घु–२ सहित अन्य चालू परियोजनाहरूको निर्माण कार्य द्रुत गतिमा अघि बढाइरहेका छन्।

त्यस्तै, अगस्त २०१९ मा भारतीय प्रधानमन्त्री मोदीको भुटान भ्रमणको क्रममा संयुक्त रुपामा ७२० मेगावाटको मङ्गदेचु जलविद्युत परियोजनाको उद्घाटन गरेका थिए ।
एजेन्सी/प्रकाशन मितिः २०७७ असार, १६

प्रतिक्रिया दिनुहोस्