कृषि ज्ञान केन्द्र कन्चनपुरको कागजात अख्तियारको नियन्त्रणमा



कन्चनपुरः अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले महेन्द्रनगरस्थित कृषि ज्ञान केन्द्रको कागजात नियन्त्रणमा लिएको छ ।

कृषि अनुदान वितरणमा अनियमितता भएको उजुरीपछि अख्तियारको टोलीले आइतवार ज्ञान केन्द्रका कागजात नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रमुख महेश पाण्डेले जानकारी दिए ।

पछिल्लो पटक भ्रष्टाचार अनियमितता रोकथाम तथा न्यूनीकरणका लागि सुदूरपश्चिममा आफ्नो सक्रियता बढाएको र उजुरीसम्बन्धी कागजात नियन्त्रणमा लिने क्रम जारी रहेको बताए ।

केही दिन अघि मात्र आर्थिक अनियमितता गरेको भन्ने उजुरीका आधारमा अख्तियारले कञ्चनपुरकै बेलडाँडी गाउँपालिकाको कागजात नियन्त्रण लिएको थियो । उनले उजुरीपछि कृषि अनुदान वितरणसम्बन्धी थप छानबिन गरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्