प्रदेश २ मा संक्रमितको संख्या ३ हजार ४३९ पुग्यो,३ हजार ३४० को नतिजा आउन बाँकी



जनकपुरधामः प्रदेश न.२ मा पछिल्लो २४ घण्टामा ५० जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ ।

जसअनुसार धनुषामा ३,महोत्तरीमा ९,रौतहटमा ५,सप्तरीमा २३ र सिरहामा १० जना व्यक्ति संक्रमित भएका छन् । आज (मंगलबार) संक्रमित भएकाहरु मध्ये ४ जना महिला र ४६ जना पुरुष रहेका छन् ।

योसँगै यस प्रदेशमा संक्रमितको संख्या ३ हजार ४ सय ३९ पुगेको छ । संक्रमित मध्ये ३ हजार २ सय २८ पुरुष र २ सय ११ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

धनुषामा संक्रमण पुष्टी भएकाहरु सबैला नगरपालिकास्थित ठिल्ला क्वारेन्टाइनका २०,२९ र ३८ बर्षका ३ जना पुरुषहरु रहेका छन् । महोत्तरीका संक्रमितहरु सम्सी गाउँपालिकास्थित सम्सी क्वारेन्टाइनका १५ देखि ३८ बर्ष उमेर समुहका ४ जना पुरुष,एकडारा गाउँपालिकाका १८ र २८ बर्षका २ पुरुष,बलबा नगरपालिकाका २० र २८ बर्षका २ पुरुष र महोत्तरी क्वारेन्टाइनका १० बर्षिय एक बालक रहेका छन् ।

रौतहटको गौर अस्पतालमा रहेका २३ बर्षिया एक महिला र २७ देखि ५४ बर्ष उमेर समुहका ४ जना पुरुष संक्रमित भएका छन् । सप्तरीको रुपनी गाउँपालिका वडा न.२ का २० बर्षिय एक पुरुष,महादेवा गाउँपालिका वडा न.५ स्थित क्वारेन्टाइनका २६ र ४७ बर्षिया दुई महिला र ७ देखि ३९ बर्ष उमेर समुहसम्मका ६ जना पुरुष संक्रमित भएका छन् भने तिलाठी कोईलाडी गाउँपालिका वडा न.१,२,४,५,७ र ८ का १२ देखि ५८ बर्ष उमेर समुहका १२ जना पुरुषमा समेत कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । त्यस्तै सप्तरीकै ठेगाना खुल्न नसकेका १२ र १९ बर्षका दुईजना युवक संक्रमित भएका छन् ।

सिरहाको सिरहा नगरपालिका वडा न.४,१४ र २० का १४ देखि ४० बर्ष उमेर समुहका ९ जना पुरुष र विष्णुपुर गाउँपालिका वडा न.२ की ४५ बर्षिया एक महिला संक्रमित भएका छन् ।

प्रदेशभरीमा मंगलबारसम्म ४३ हजार ४६ जनाको स्वाब संकलन गरिएकोमा ३ हजार ४ सय ३९ जना संक्रमित भएका छन् भने ३६ हजार २ सय ६७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । त्यस्तै सप्तरीमा ३ सय ६६,सिरहामा ५ सय १७,धनुषामा ३ सय ६७,महोत्तरीमा ५ सय ८२,सर्लाहीमा २ सय ५०,रौतहटमा ६ सय ६३,बारामा १ सय ३९ र पर्सामा ४ सय ५६ जना गरि कुल ३ हजार ३ सय ४० जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा आज (मंगलबार) मात्रै सप्तरीमा १ सय ८३,सिरहामा १ सय ५,धनुषामा ४१,महोत्तरीमा ६२,बारामा ३७ र पर्सामा ५६ जना गरि कुल ४ सय ८४ जनाको स्वाब संकलन गरिएको छ भने सिरहामा ३१,धनुषामा २८,महोत्तरीमा ९१ र पर्सामा १ सय २ गरि जम्मा २ सय ५२ जनाको आरडिटी परिक्षण गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।
आरडिटी तर्फ अहिलेसम्म २० हजार ५ सय ४२ जनाको परीक्षण गरिएकोमा सप्तरीमा ६१,सिरहामा १ सय १४,धनुषामा १ सय ६१,महोत्तरीमा ४ सय ६०,सर्लाहीमा ६,रौतहटमा १ सय २६,बारामा ४४ र पर्सामा १५ जना गरि कुल ९ सय ८७ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने १९ हजार ५ सय ५५ जनाको रिपोर्ट नेगेटिभ आएको झाले बताए ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ३१ हजार ८ सय १६ बेड क्षमताको ४ सय ५५ वटा क्वारेन्टाइनमा अहिले ६ हजार ६ सय ४४ जनालाई राखिएको छ भने १६ हजार ४ सय १८ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको १ हजार ७ सय ९६ बेड क्षमताको आईसोलेशनमा ८ सय ४ जना बिरामीलाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार २ सय ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यस्तै सर्लाहीमा ६ सय २४,महोत्तरीमा ६ सय २१,धनुषामा ३ सय ५२,सप्तरीमा १ सय ९४, सिरहामा १ सय ७१, पर्सामा १ सय ५९ र बारामा १ सय ११ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा ९५ जना व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा सप्तरीका १५ जना,धनुषाका १८ जना,महोत्तरीका ६ जना,सर्लाहीका ५० जना र बाराका ६ जना व्यक्तिहरु रहेको उनले जानकारी दिए ।

योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका १ सय ४, सिरहाका ६२,धनुषाका २ सय ५६,महोत्तरीका १ सय ५४,सर्लाहीका ४ सय ७८,रौतहटका ४ सय २,बाराका ९८ र पर्साका १ सय ७१ जना गरि १ हजार ७ सय २५ जना संक्रमितहरु डिस्चार्ज भई आ-आफ्नो घर फर्किसकेका छन् । प्रदेश २ मा हालसम्म रौतहट,बारा र पर्साका १-१ जना गरि ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्