एपीएफको टोलीद्वारा ९१ हजार भारतीय रुपैयाँसहित यादव पक्राउ



पर्साः पर्सा जिल्लाको बीरगंज महानगरपालिका-१७ स्थित सीमा ईलाकाबाट एपीएफको टोलीले एक जनालाई पक्राउ गरेको छ ।

असार १५ गते एपीएफको टोलीले ९१ हजार भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही जिल्लाको पोखरीया नगरपालिका २ का २८ वर्षिय मनोजप्रसाद यादव हुन् ।

ना १५ प ५८३८ नं.को मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट अलौबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित भारतीय रुपैयाँ फेला परेपछि पक्राउ गरेको जनाएको छ ।

उनलाई बरामद रुपैयाँ र मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्