चोरी निकासीमा संलग्न चौधरी सुर्तिजन्य पदार्थसहित पक्राउ



सुनसरीः सुनसरी जिल्लाको ईटहरी उपमहानगर पालिका वडा नं.६ स्थित जनता गल्लीमा सुर्तिजन्य पदार्थसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ईटहरी उपमहानगर पालिका वडा नं.११ का २२ वर्षिय सुरज चौधरी हुन् । उनलाई तालुक १ नं.प्रदेश प्रहरी कार्यालयबाट खटिएका सादा पोशाकका संयुक्त प्रहरीको टोलीले अंकित मुल्य १ लाख ६० हजार बराबरको सुर्तिजन्य पदार्थसहित पक्राउ गरेको हो ।

उनले भारतबाट भन्सार छली ल्याई अवैध रुपमा सुर्ति तथा गुटखाहरु लुकाई छिपाई संञ्चय गरी राखेको भन्ने गोप्य सुचनाको आधारमा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

सुर्तिजन्य पदार्थसमेत बरामद गरी आवश्यक कार्बाहीको लागि सम्बन्धित कार्यालयमा पठाईएको
सुचना अधिकृत प्रहरी निरिक्षक मानप्रसाद श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्