चितवनमा २५ जनामा कोरोना संक्रमण



चितवन : चितवनमा बुधबार बिहान २५ जना कोरोना संक्रमित थपिएका छन् । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार १ सय १ वटा नमूना परीक्षण गर्दा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।

अस्पतालले बुधबार बिहान सार्वजनिक गरेको विवरण अनुसार चितवनका १३, नवलपुरका १० तथा झापा र गोरखाका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

चितवनको भरतपुर महानगरपालिकामा मात्रै १० जना संक्रमित फेला परेका छन् । उनीहरु वडा नं. ४, ७, ९, ११, २२, २५ र २६ नम्बर वडाका हुन् । वडा नं. ७ का ६१ वर्षीय पुरुष संक्रमित नारायणी सामुदायिक अस्पतालमा उपचाररत छन् ।

कोरोना संक्रमण पुष्टि भएका चितवनको माडी नगरपालिका वडा नं.५ का २५ वर्षीय पुरुष र वडा नं. ३ का ७३ वर्षीय पुरुष भरतपुर अस्पतालमा उपचाररत छन् ।

चितवनकै राप्ती नगरपालिका १ की १२ वर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।

यसैगरी पूर्वी नवलपरासी (नवलपुर्)को गैंडाकोट नगरपालिका २ महिला र ८ पुरुष गरी १० जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी सेन्ट्रल अस्पतालमा उपचाररत गोर्खा मनकामनाकी ३० वर्षीया महिला र झापाको दमक नगरपालिका वडा नं.३ की ३५ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ । प्रकाशन : असार १७, २०७७

प्रतिक्रिया दिनुहोस्