‪बालुवाटारमा तमासा छ !‬



काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले बालुवाटारमा तमासा भइरहेको टिप्पणी गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र आन्तरिक कलहलाई लिएर कांग्रेस नेता थापाले यस्तो टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गत बुधबारदेखि बसेको नेकपा स्थायी कमिटीको बैठकमा नेकपा नेताहरुले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्दै एक–अर्काविरुद्ध आरोप प्रत्यारोप गरेका थिए ।

त्यसप्रति लक्षित गर्दै नेता थापाले सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त रहेको उल्लेख गरेको छन् ।

‘तर, अहिले न त सलह किराले आफ्नो आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले, बरु यिनको त गति र प्रभाव बढ्दो छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–‘त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुरोध छ, अति भयो यो तमासा अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस् ।’

प्रकाशन : असार १७, २००७

प्रतिक्रिया दिनुहोस्