१५४ जना नेपाली कतारबाट काठमाडौं आइपुगे



काठमाडौंः आज कतारको दोहाबाट १५४ नेपाली स्वदेश आइपुगेका छन् ।

स्वदेश आइपुग्नेमा ६ महिला र १४८ जना पुरुष रहेका छन् । (कोभिड-१९) बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कन पर्ने अवस्थामा रहेकालाई कतारमा रहेको नेपाली राजदूतावाससँगको समन्वयमा उनीहरूलाई नेपाल फर्काइएको हो ।

उनीहरूलाई बिदाई गर्न दूतावासका अधिकारीहरू विमानस्थलमा उपस्थिति रहेका थिए । दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्स चार्टर्ड उडानबाट उनीहरु स्वदेश आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्