थप ४ सय ८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ हजार ४६



काठमाडौं– नेपालमा बुधबार ४ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४८२ संक्रमित थपिएका हुन् । जसमध्ये १ सय १७ महिला र ३ सय ६५ पुरुष रहेका छन् ।

देशभरका ७७ वटै जिल्लामा कोरोना भारसको संक्रमण फैलिएको छ । कुल कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि चार हजार ६ सय ५६ जना डिस्चार्ज भएका छन् । हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।

देशभर दुई लाख ३३ हजार २ सय २७ जनाको पीसीआर परीक्षण गरिएको छ भने तीन लाख ६ सय २० जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ८६ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका विभिन्न क्वारेन्टिनमा ४८ हजार ३ सय ६२ मानिसहरु रहेका छन् भने आइसोलसनमा ९ हजार ३ सय ६० कोरोना संक्रमितहरु रहेका छन् ।

कोरोना भाइरसको संक्रमणबाट नेपालामा ३० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्