नागरिकता विधेयक खारेजीको माग गर्दै वीरगन्जमा नागरिक अभियानको प्रदर्शन



वीरगन्जः नागरिक विधेयक खारेजीको माग गर्दै नागरिक अभियान पर्साले आज पनि वीरगन्जमा विरोध प्रदर्शन गरेको छ ।

नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिन सरकारले नागरिकता संशोधन ऐन विधेयक पारित गर्न खोजेको भन्दै अभियानले वीरगन्जमा प्रर्दशन गरेको हो ।

वीरगन्जको घण्टाघर चौकबाट निकालिएको विरोध जुलुसका सहभागिहरुले विभेदकारी नागरिकता ऐन ल्याउन खोजेको भन्दै प्रधानमन्त्री केपी ओलीको राजिनाको माँग समेत गरेका छन । विरोध माईस्थान, आर्दशनगर, कैलाश चोक, घडिअर्वा हुदै पुन घण्टाघर चोकमा आई कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नागरिक समाजका अगुवा डा.दिपक शाक्यले सरकारले सात बर्षमा विदेशी महिलालाई नागरिकता दिन ल्याउन लागेको प्रावधान सविधान विपरित रहेको बताए ।
लिपुलेक, कालापानी र लिपियाधुरा जस्ता राष्ट्रियताको सवालमा जुन प्रकारको सम्पूर्ण पार्टी एकमत भएको थियो त्यसरी नै नागरिकता विधयेकको सवालमा पनि सबैपार्टीलाई सहमतीमा ल्याएर नै अगाडी बढ्नु पर्ने हो, उनले भने, तर प्रधानमन्त्रीले ओलीले त्यस्तो गरेन उल्टै विखण्डन गर्ने उदेश्यले सविधानको विपरित नागरिकता विधयेक ल्याउँन लागेका हुन यसलाई हामी कुनैपनि हालतमा मान्दैनौ ।

कोणसभामा बोल्दै पर्साको विन्दवासनी गाउँपालिकाका उपमेयर किरण देवीले महिलाको अधिकार खोस्नको लागि ल्याउँन लागिएको नागरिकता विधयेक कुनैपनि हालतमा महिलालाई मान्य नहुने बताईन । अहिले सम्म जति अधिकार पाएको छ, त्यो कागजमै सिमित रहेको हुनाले आफनो अधिकार प्राप्तको लागि जारी रहेको आन्दोलनमा पुरुषले पनि समानजनक सहभागिता देखाउँनु पर्छ ।

उनले विगतमा पाएको अधिकार सुनिश्चित गराउँनको लागि र महिलामाथि विभेद हुने खालका सरकारले ल्याउँन लागेको विभेदकारी नागरिकता संशोधन ऐन विधयेक खारेज गराउँन सम्पूर्ण महिला सडकमा उत्रिनु पर्छ र आफनो अधिकार सुनिश्चित नभएसम्म आन्दोलनलाई निरन्तरता दिनुपर्ने बताईन ।

जनता समाजवादी पार्टीका नेता शशिकपुर मियाँले नागरिकता विधयेक समस्या मधेशको जनताको मात्र समस्या हो भन्ने नेकपामा लागेको सोच त्यो गलत भएको टिप्पणी गरे । उनले भने, यो विधयेक मधेशको मात्र होईन, मधेश, तराई, पहाड, हिमाल लगायत सम्पूर्ण नेपाली जनताको विरुद्धमा नै विधयेक आएको हो ।

देशको मानव अधिकार, जातजाति, भाषाभाषी, धार्मिक पोसाकको विरुद्धमा सरकारले विधेयक ल्याएको उनले बताए । नेता मियाँले कुनै व्यक्ति विशेष, समुदाय विशेषको आन्दोलन होईन सम्पूर्ण नेपाली जनताको आन्दोलन भएको हुनाले यसलाई सफल पार्न सबैमा अपिल समेत गरे ।

विरोध प्रर्दशनमा अभियानका नेता एवं नेपाली काँग्रेस पर्साका सभापती अजय दुवेदी, प्रदेश सांसद राजेश्वर साह तेली, जनता समाजवादी पार्टीका नेता निजामुदिन समानी, सुन्दर कुर्मी लगायत विभिन्न संग संगठन तथा जातजाति, मुस्लिम समुदाय लगायतको उल्लेखनिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्