टिपरले नेपाली सेनाको गाडीलाई ठक्कर दिंदा ५ जना घाइते



गोरखाः नेपाली सेनाको गाडीलाई टिपरले ठक्कर दिंदा नेपाली सेनाका ५ जना घाइते भएका छन् ।

मझुवा चेकप्वाइन्टबाट फर्कदै गरेको बा १ झ ५८०० नम्बरको सेनाको भ्यानलाई विपरीत दिशाबाट गएको लु १ क ३८४६ नंबरको टिपरले बुधबार दिउँसो साँढे पाँच बजेतिर गोरखा नगरपालिका ११ को १५ किलोघुम्तीमा ठक्कर दिँदा सेनाका पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरुमध्ये रञ्जित रानालाई बढी चोट लागेको रणसिंह दल गणका गणपति उज्वल केशीले जानकारी दिए । घाइते सबैलाई गोरखा अस्पताल ल्याइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख मित्रलाल ढकालले जानकारी दिए ।

टिपर र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घुम्तीमा असावधानीपूर्वक चलाएको टिपरले ठक्कर दिएको प्रारम्भिक अनुमान गरिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्