मोटरसाइकलमा घर फर्किदै गरेका दाजुभाईको बाटैमा मृत्यु



काभ्रे: काभ्रेमा टिपरको ठक्करबाट दाजुभाइको मृत्यु भएको छ ।

आज (बुधबार) दिउँसो पौने ३ बजे धुलिखेल नगरपालिका २ मा टिपरले मोटरसाइकलाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाकइल चालक ५३ वर्षीय वेदप्रसाद कोइराला र ५१ वर्षीय गोवर्धनप्रसाद कोइराला हुन् । वेदप्रसाद कोइराला सव डिभिजन वन कार्यलय कटुञ्जेका वन रक्षक हुन् ।

बा ४ ख ६३८६ नं.को टिपर र बा ३६ प ५०५२ नं.को टिपर एकै दिशाबाट जाँदै गरेको थियो । ‘टिपर र मोटरसाइकल एउटै दिशामा जाँदै थिए । ओह्रालोमा टिपरले ठक्कर दिएपछि दुवै जना गम्भीर घाइते भएका थिए,’ बनेपाका इन्स्पेक्टर विशाल तामाङले भने ।

घाइते दाजुभाइलाई उपचारका लागि शिर मेमोरियल अपस्पतालमा लगिएको थियो । तर अस्पताल पुर्याएपछि उनीहरूलाई मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्