एपीएफको टोलीद्वारा लागू औषध र ब्रोईलर कुखुराको चल्ला बरामद



सर्लाहीः सर्लाही जिल्लाको ब्रह्मपुरी गाँउपालिका ५ स्थित सीमा ईलाकाबाट एपीएफको टोलीले एक सय ८० बोतल डाईलेक्स डीसी नामक लागू औषध बरामद गरेको छ ।

वेवारिसे अवस्थामा रहेको उल्लेखित लागू औषध सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट खटिएको एपीएफको टोलीले बरामद गरेको हो ।

त्यस्तै पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाँउपालिका ५ स्थित सीमा ईलाकाबाट आज खटेको टोलीले करीब ४ लाख २० हजार मुल्य बराबरको ब्रोईलर कुखुराको चल्ला बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ अवैध रुपले ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल अस्थायी सुरक्षा बेस बलिनगरबाट खटिएको एपीएफ टोलीले चल्ला बरामद गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्