चीनले भूमि मिचेको भन्दै हिन्दू गणतन्त्रवादीको प्रदर्शन



काठमाडौं: हिन्दूवादी नेता विनय यादवनेतृत्वको राष्ट्रिय एकता अभियानले परराष्ट्रमन्त्रीले गोरखाको रुई गाउँ सम्बन्धी दिएको गैरजिम्मेवारी अभिव्यक्तिको विरोधमा वीरगञ्ज र काठमाडौंमा प्रदर्शन गरेको छ ।

अभियानका अभियानकर्ताहरुले बुधबार वीरगञ्जको घण्टाघर चोकमा भेला भई परराष्ट्रमन्त्रीको राजीनामाको माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।

विरोध प्रदर्शनमा सहभागि युवाहरुले ‘ भ्रष्टचारी सरकार मुर्दावाद, राष्ट्रघाती सरकार मुर्दावाद, चिनियाँ विस्तारबाद मुर्दावाद, चीनले अतिक्रमण गरेको जग्गा फिर्ता गर, परराष्ट्रमन्त्री राजीनामा दे,’ लगायत सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

राष्ट्रिय एकता अभियानका संयोजक यादवले नेपाल चीन सीमाबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दिएको अभिव्यक्ति गैरजिम्मेवारी भएकोले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरे ।

२०६१ सालमा नेपालको अधिनमा रहेको गोरखा जिल्लाको रुई गाँउलाई त्यहाँको जनताको स्वेच्छाले चीनतर्फ पारिएको परराष्ट्रमन्त्रीले दिएको अभिव्यक्ति नेपाल राष्ट्रको राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, अखण्डता र सार्वभौमसत्ता विरोधी मात्र नभई त्यसले नेपालको विखण्डनवादी शक्तिहरुलाई मलजल पुर्याउने काम गरेको उनले आरोप लगाए ।

‘भारतले हाम्रो कालापानी, लिपुलेक र लिपुवाधारा अतिक्रमण गरेको भन्दै आक्रमक रुपमा विरोध गर्ने तर चीनले नेपाली भूमि अतिक्रमण गर्दा हामी किन यति उद्दारवाद बनेका हौं,’ उनले भने-‘के हामी चाईनाको गुलामी गरेका हौं, ‘होइन भने चीनले अतिक्रमण गरेको रुई गाउँ पुरै फिर्ता गर्नुपर्छ ।’

रुई गाँउलाई चीनतर्फ नेपालको भूभागमा पार्न सहयोग पुर्एका सम्बन्धित सबै व्यक्तिहरु माथि राष्ट्रद्रोहको मुद्दा लगाएर अबिलम्ब कारवाही गर्नुका साथै रुई गाउँलाई नेपालको नक्सामा पारी नयाँ नक्सा प्रकाशित गर्न माग समेत उनले गरे ।

प्रतिक्रिया दिनुहोस्