नेपाली सेनाका रथी र मेजर बर्खास्त



काठमाडौंः नेपाली सेनाको सैन्य अदालतले अनुशासन विपरित काम गरेको ठहर गर्दै सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई बर्खास्त गरेको छ ।

माथिल्लो कमाण्डरले लिखित रुपमा दिएको आदेश जानी जानी पालना नगरी अवज्ञा सम्बन्धी कसूर गरेको, सैनिक सुव्यवस्था तथा अनुशासन विपरितको काम गरेको र आफ्नो ओहदा अनुसारको जिम्मेवारी र आचरण नगरेको आरोपमा उनिहरु दुवै जना दोषी ठहर भएको नेपाली सेनाद्धारा बुधबार जारि विज्ञप्तीमा उल्लेख छ ।

समरी जनरल सैनिक अदालतको बुधबार बसेको बैठकले अनुशासन तथा आचरणसम्बन्धी कसुर गरेको अभियोगमा सहायक रथी रावल र महासेनानी खड्कालाई बर्खास्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्