लकडाउन उल्लंघन गरेको भन्दै न्यूजिल्याण्डका स्वास्थ्य मन्त्रीले दिए राजीनामा



एजेन्सी : न्यूजिल्याण्डका स्वास्थ्य मन्त्री डेविड क्लार्कले लकडाउन उल्लंघन गरेका कारण राजीनामा दिएका छन् ।

कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि भएको सरकारी प्रयासको आलोचना तथा मन्त्री आफैले लकडाउन उल्लंघन गरेका कारण विवाद भएको परिवेशमा उनले राजीनामा दिएका हुन् ।

लकडाउनका बेला परिवारका सदस्यलाई समूद्री किनारमा लिएर गएका कारण क्लार्कलाई यसअघि नै मन्त्री परिषदको बरियतामा घटुवा गरिएको थियो ।

आफू पदमा रही रहे सरकारले कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि गरेको समग्री प्रयासलाई नै धुमिल वा ओझेलमा पर्ने भन्दै उनले राजीनामा दिएको त्यहाँको सञ्चारमाध्यमहरुले जनाएको छ ।

प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले मन्त्री क्लार्कको राजीनामा स्वीकृत गरेको बिहीबार पुष्टि गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्