बन्दाबन्दीले चिया क्षेत्रमा लाखौँ घाटा: न श्रमिकलाई तलब, न त चियाकै बिक्री


इलाम : मुख्य सिजनमै बन्दाबन्दी भएपछि चिया क्षेत्रले लाखौँको घाटा व्यहोर्नु परेको छ । चियाकै राजा ‘पहिलो टिपाइ’ बेच्ने समयमा कोरोनाका कारण बन्दाबन्दी भएपछि एकातिर किसानले चिया टिपेर प्रशोधित क्षेत्रसम्म पुर्याउन सकेनन् भने अर्कातिर उद्योगमा प्रशोधन गरिएको चिया पनि बजारमा पुर्याउन नसक्दा समस्या भएको छ ।

विशेषगरी चैतको दोस्रो साताबाट चियाको ‘पहिलो टिपाइ’ शुरु हुन्छ । यो चियाको अन्य सिजनको भन्दा गुणस्तरीय हुने भएकाले महँगोमा बिक्री हुन्छ तर यस वर्ष भने सोही समयमा बन्दाबन्दी भएपछि गुणस्तरीय चिया टिप्न सकिएन ।

गुणस्तरीय चिया नै प्रशोधन गर्न नसकिएपछि लाखौँको घाटा व्यहोर्नु परेको इलाम नगरपालिका–४ को जसवीरे चिया प्रशोधन केन्द्रका सञ्चालक सरद सुब्बा बताउँछन् । मुख्य सिजनमै उद्योग बन्द गर्नु पर्ने भएपछि तेस्रो मुलुकबाट चियाको माग आए पनि पठाउन नसकिएको सुब्बाको गुनासो छ ।

“हामी चीनलगायतका तेस्रो मुलुकमा तयारी चिया पठाउछौँ तर यो वर्ष अन्तर्राष्ट्रिय बजार ठप्प हुँदा अझैसम्म पनि पठाउन सकिएको छैन”, सुब्बाले भने, “चिया किनेर प्रशोधन त गरियो तर बिक्री नहुँदा किसान र श्रमिकलाई दिने रकमसमेत छैन ।” उहाँका अनुसार लकडाउनको समयमा चिया बिक्री त भएन नै श्रमिक र किसानलाई हातमुख जोड्ने रकमको समेत समस्या प¥यो । त्यही सिजनमा चियाको भुक्तानी पनि दिन नसक्दा धेरै चिया किसान–श्रमिक चिढिएको सुब्बाको भनाइ छ ।

पछिल्लो समय चिया बिक्री हुन नसकेपछि केही दिन उद्योग नै बन्द गर्नुपर्दा घाटा व्यहोर्नु परेको सूर्योदय नगरपालिकास्थित गोर्खा टी स्टेटका प्रमुख उदय चापागाईँले बताए । विभिन्न संस्था र व्यक्तिको सहयोगले प्रशोधन उद्योग खुले पनि बजारमा चिया पुर्याउन भने अझै समस्या पर्ने गरेको चापागाईँको भनाइ छ । “एक चोटिको चिया चाहिँ गइसक्यो । लकडाउनकै समयमा भारतले चिया भन्सारमै रोकिदिएपछि पनि जान ढिला भयो”, चापागाईँले भने, “तर अहिले अवस्था सामान्य भइसक्यो ।”

उहाँले चिया बजारसम्म नपुगे पनि आफूले श्रमिक र किसानलाई पारिश्रमिक र चियाको मूल्य भने दिँदै गरेको जिकिर गर्नुभयो । बन्दाबन्दीको चपेटामा परेका बेला श्रमिक र किसानको हातमुख जोड्ने वस्तु चियासमेत बिक्री नहुँदा समस्या आउन सक्ने भएकाले रकम भुक्तानी गरिसकेको उहाँको भनाइ थियो ।

“धेरै उद्योगले चिया बिक्री भएपछि मात्र रकम दिने भन्दै उधारोमा चिया लिइरहेका छन् तर किसानलाई खाद्य सङ्कट आउन सक्छ भनेर मैले चाहिँ सबैलाई दिइसकेको छु”, उनले भने । यस वर्ष बन्दाबन्दीका कारण पहिलो सिजनमा करिब रु ६० लाख घाटा भएको केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राईको भनाइ छ । वन्दाबन्दीले चिया उत्पादित जिल्लामध्ये तराई क्षेत्रका जिल्लामा चियामा बढी घाटा व्यहोर्नु परेको महासचिव राईले बताए।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा २ सय ५९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा काम गर्ने १५ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ : सङघीय राजधानी काठमाडौँमा कोरोना सङ्क्रमणको सङ्ख्या बढदै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शङ्कास्पद

विराटनगर : मोरङको रङ्गेली नगरपालिकाका एकै परिवारका १४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

काठमाडौं : श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट मनाइने गाईजात्रा पर्व आज (मंगलबार) देखि आठ

विराटनगर : कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–५

काठमाडौं : लकडाउन खुकुलो भएसँगै कोरोनाको संक्रमण बढेको छ । साउन १९ गतेसम्मको तथ्यांक अनुसार

विराटनगरः बिराटनगरमा अप्पन ब्राह्मण समाजको प्रथम साधारण सभा सकिएको छ । शनिबार सगरमाथा पार्टी प्यालेस

काठमाडौ‌‌ : आज (सोमबार) थप ४ सय १८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ

काठमाडौंः ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले बेरुजु फस्र्यौटमा उल्लेख्य सुधार गरेको छ । आर्थिक वर्ष

काठमाडौँ : संघीय संसद सचिवालयले राष्ट्रियसभाका संसदीय समितिहरूको सभापति चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको

काठमाडौं : ‘एसिड आक्रमणबाट म रतिभर पनि डराएकी छैन, आक्रमणकारीले मेरो अनुहार जलाए तर मेरो