ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् बैठक बोलाएका छन्।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार मन्त्रीपरिषद् बैठक १२ बजे बोलाइएको हो ।

तर मन्त्रिपरिषद्को बैठकअघि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

नेकपाभित्र प्रधानमन्त्रीको राजीनामाको माग चर्को गरी उठिरहेका बेला प्रधानमन्त्रीले मन्त्रिपरिषद् बोलाएपछि अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्