यातायात व्यवसायीको पक्षमा उभिए विराडी



काठमाडौं– राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसद राम नारायण बिडारीले सरकारसँग १० प्रतिशत पुनःकर्जा र ढुवानीमा भ्याट् छुट गर्न माग गरेको छन् ।

शून्य समयमा उनले यातायात व्यवसायीको पक्षमा बोल्दै टिडिएस मात्र लाग्ने व्यवस्था गर्ने निति निर्माण गर्न सरकारले सक्छ कि सक्दैन भनेर प्रश्न पनि गरेका छन् ।

कोभिड–१९ नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण थला परेको भन्दै उनले भने– ‘यातायात व्यवसायी उठ्न सकेका छैनन् । ट्याक्सी व्यवसायीहरू अलपत्र परेका छन् ।’

त्यसअघि उनले भने– यातायात क्षेत्रमा खर्बैं लगानि नेपालमा मात्र छ । यसलाई हेर्ने कुनै पनि छुटै मन्त्रालय छैन । यातायात क्षेत्र अस्तव्यस्थ भएको छ । बस, ट्रक, टिप्पर, टयाकंर, बुलेट, मालबहाक सवारी छ । विभिन्न यातायातका साधनहरू छन् र त्यसलाई छुटै निती चाहिन्छ । निजी र सार्वजनिक भाडाका सवारीहरू छन् । निजीले पनि सार्वजनिक भाडाका काम गरिरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्